उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा मिसाइल प्रहार
प्रकाशित:
२०७८, १२ आश्विन
काठमाडौं, १२ असोज । उत्तर कोरियाले मंगलबार बिहान जापानको समुन्द्र ‘ईस्ट सी’ मा मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले दाबी गरेका छन् ।
सोमबार उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक रहेको बताएको थियो । यसलगत्तै उत्तर कोरियाले मिसाइल प्रहार गरेको दक्षिण कोरियाले दाबी गरेको छ ।
जापानी सञ्चार माध्यमले रक्षा मन्त्रालय स्रोतलाई उद्धृत गर्दै उक्त ब्यालिस्टिक मिसाइल संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको मिसाइल भएको बताएका छन् । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले यस घटनामाथि अमेरिकी अधिकारीहरुले अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि दक्षिण कोरियाली सेनाले यसअघि पनि उत्तर कोरियाले जापानको समुन्द्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार