५० लाख धरौटी राखेर छुटे चूडामणि शर्मा
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

काठमाडौं, ११ असोज । तत्कालीन कर फछ्र्योट आयोगका सदस्य सचिव चूडामणि शर्मा ५० लाख धरौटी राखेर छुटेका छन् । सोमबार विशेष अदालतले ५० लाख धरौटीमा छाड्न आदेश दिएसँगै उनले धरौटी बुझाएर छुटेका हुन् ।

शर्मालाई विशेष अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयले धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । कर फछ्र्योट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सार ९ मा आयोगले शर्मा सहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकाललाई पनि विपक्षी बनाएर मुद्धा दायर गरेको थियो । उनीहरुले कर फछ्र्योट आयोग ऐन–२०३३ अनुसार राम्रो नियत नराखी गलत नियतले काम गरेको अख्तियारले आफ्नो अभियोग पत्रमा जिकिर गरेको छ ।

प्रतिक्रिया