एकीकृत समाजवादी खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुँदै (को को मन्त्री बन्दैछन् ?)
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्री बन्ने नेताको सूची बुझाएका छन् ।

नेकपा एकीृकत समाजवादी स्रोतका अनुसार विरोध खतिवडा नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ गठबन्बन्धन सरकारमा सहभागी हुँदैछन् । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेलगत्तै एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । राजनीति दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्ने तयारी सरकारले गरेको छ ।

एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाएपनि मन्त्रालयको टुंगो लागेको छैन । नेकपा एकीकृत समाजवादीले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई सरकारमा पठाउने तयारी छ । आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया