तालिबानद्वारा दाह्री काट्न र मिलाउन प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७८, ११ आश्विन

काठमाडौं, ११ असोज (एजेन्सी) । तालिबानले अफगानिस्तानको हेलमन्ड प्रान्तमा हजामहरुमाथि दाह्री काट्न र मिलाउन प्रतिबन्ध लगाएको छ । तालिबान धार्मिक प्रहरीका अनुसार यो नियम उल्लंघन गर्ने जोसुकैलाई पनि सजाय दिइनेछ ।
दाह्री काट्नु र मिलाउनु इस्लामको कानुनले गरेको व्याख्याको उल्लङ्घन हुने तालिबानले बताएको छ । राजधानी काबुलका केही हजामहरूले आफूहरूलाई पनि त्यस्तो आदेश प्राप्त भएको बताएका छन् ।
यस निर्देशनबाट अफगानिस्तानमा तालिबानको कट्टर शासन फर्किने अनुमान गरिएको छ । यद्यपि तालिबानले विगतमा जस्तो कडा व्यवहार नगर्ने बताउँदै आएको छ ।
सत्ता हातमा लिएयता तालिबानले गएको शनिवार तालिबान लडाकुहरूले चार जना सन्दिग्ध अपहरणकारीलाई गोली प्रहार गरेर मारिदिएका थिए र उनीहरूको शरीर हेरात राज्यको सडकमा झुन्ड्याइएको थियो ।

प्रतिक्रिया