प्रतिनिधिसभाको अर्काे बैठक असोज १४मा बस्ने
प्रकाशित:
२०७८, ११ आश्विन
काठमाडौं, ११ असोज । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरिएकोसम्बन्धी प्राप्त पत्रको व्येहोरा पढेर सुनाए ।
दुवै सदनको बैठकबाट पारित भई उक्त विधेयक यही असोज ७ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट दुई विधेयकका सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराए ।
उनले राष्ट्रियसभाबाट आजै पारित ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराएको हो ।
बैठक प्रारम्भ हुनेबित्तिकै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही असोज १४ गते १ बजे बस्नेछ ।
प्रतिक्रिया
सम्बन्धित समाचार