संयुक्त राष्ट्रसंघ, ११ असोज (एजेन्सी) । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् ।
उनले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका हुन् । उनले आणविक हतियारहरु विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए ।
महामसचिव गुटर्रेसले भनेका छन् ‘यो हतियार मानवताविरुद्धको र घातक भएकोले विश्वबाट नै आणविक हतियारहरु उन्मूलन हुनुपर्नेमा जोड दिएको हो ।’ तर अहिले पनि आणविक हतियारहरु विश्वमा अहिले पनि एक चुनौतीका रुपमा रहेको पनि उनले बताएको छ ।
उनले गएको एक दशक यता विश्वबाट नै आणविक हतियारहरु घट्दो रुपमा रहेको पाइएको भए पनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको बताए । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको बताएको छ ।
त्यसैले यी सबै हतियारहरु विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघसमक्ष रहेको बताए । उनले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट गरेका थिए ।