काठमाडौं, ११ असोज । गएराति कतारको दोहामा भएको ओमानसँगको मैत्रीपूर्ण खेलमा नेपाल ७–२ गोल अन्तरले पराजित भएको छ ।
आइतबार भएको खेलमा नोपाल पहिलो हाफमा नेपाल २–१ ले पछि परेको थियो । दाुस्रो हाफमा ओमानले पाँच गोल गरेको थियो ।
ओमानका लागि फमी सइदले नवौ मिनेटमा, मोहसने गोहराले ३०औं मिनेटमा गोल गर्दा इसम अल शुभीले ४६ र मोहमद अल घसानीले ४९ मिनेटमा गोल गरे । यस्तै अब्दुल्लाहजित अलमुक्बालीले ६० र ६५ मिनेट तथा जमिल अल यहमादीले ७६ मिनेटमा गोल गरेका थिए । नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका थिए ।
साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि माल्दिभ्समा हुँदैछ । साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल आउँदो शुक्रवार मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। यस्तै, नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग २४ गते लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २७ गते खेल्नेछ ।