थप ९ जना कोरोना सङ्क्रमितको मृत्यु
प्रकाशित:
२०७८, १० आश्विन

काठमाडौं, १० असोज । गत २४ घण्टामा देशभर थप ८३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७३६ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज थपिए सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ८१ हजार ९३९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार २७९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ६१ हजार १५४ पुगेको छ ।
यही अवधिमा थप ९ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार ९६ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
