राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्न आवश्यक छ : विदेशमन्त्री सेरगेई
अखबार टुडे
प्रकाशित:
२०७८, १० आश्विन

संयुक्त राष्ट्रसंघ, १० असोज (एजेन्सी) । रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले शनिबार पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याएका हुन् ।
त्यसैले यस प्रक्रियाका लागि अफगानिस्तानमा हाल सत्तामा रहेका तालिबानहरुसँग सहकार्य गर्नुपर्ने र उनीहरुलाई शान्ति र अफगानिस्तानको स्थायित्वका लागि सहयोग पनि गर्नुपर्ने बताए । उनले हाल अफगानिस्तानको अवस्था नाजुक रहेकाले सहयोग गर्न सबै विश्व समुदाय लाग्नुपर्नेमा पनि जोड दिएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया