राजेशपायलको ‘देम सारो’ले दर्शकको मन जित्दै, चार देशमा ट्रेण्डिङमा (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, १० आश्विन

काठमाडौं, १० असोज । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रका मेगास्टार राजेशपायल राईका गीतहरु यु–ट्युबमा लगातार ट्रेण्डिङ छाउन थालेका छन् । नेपालमा मात्र नभएर विदेशमा समेत ट्रेण्डिङको बाजी मार्दै आएका राई इज किङ अर्थात राजेशपायलको नयाँ गीतले अहिले तहल्का मच्चाइरहेको छ ।

मेगास्टार राजेशपायलको पछिल्लो ‘देम सारो’ गीतको भिडियो सार्वजनिक गरिएको २४ घण्टा नवित्दै नेपाललगायत चार देशमा ट्रेण्डिङ हान्दैछ । यस गीतको भिडियोलाई राजेशपायलले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

शुक्रबार साँझतिर सार्वजनिक गरिएको ‘देम सारो’ले शनिबारदेखि नै ट्रेण्डिङमा बाजी मारिरहेको छ । यो समाचार तयार गरिरहँदा यो गीत नेपालमा १० नम्बर टेण्डिङमा रहेको छ भने कतारमा २, युएईमा २७ र मोरक्कोमा २८ नम्बर टे«ण्डिङमा दौडिरहेको छ । यस्तै, यो समाचार लेखिरहँदा दुई लाख ४८ भन्दा बढी हजार भ्युअर्स पाइसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कमैमात्र नेपाली गीत ट्रेण्डिङमा पर्ने गरेको छ । तीमध्ये पनि राजेशपायलका अधिकांश गीतहरु ट्रेण्डिङमा पर्न थालेका छन् ।
‘देम सारो’ गीत यस्तो गीत हो, जुन चार भाषामा गाइएको छ भने यस गीतको भिडियोमा नेपाली कला क्षेत्रका स्टारहरुको जमघट गराइएको छ । सम्भवतः चार भाषामा गाइएको पहिलो गीत हो, ‘देम सारो’ ।

नेपालीलगायत राई, पोर्चुगिस र स्पेनिश भाषामा गाइएको यस गीतको भिडियोमा मेगास्टार राजेशपायल राईका अलावा दयाहाङ राई, विल्सनविक्रम राई, रजनी गुरुङ र बुद्धि तामाङले अभिनय गरेका छन् । नेपाली कला क्षेत्रमा लागि यी चारैजना बादशाह मानिन्छन् । किरण चाम्लिङ राईले निर्देशन गरेको ‘देम सारो’ गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभावलार्य रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ ।

https://youtu.be/MWhYYB4FAK0
प्रतिक्रिया