काठमाडौं महानगरभित्रका विद्यालय भौतिक रूपमा सञ्चालन हँदै
अखबार टुडे
प्रकाशित:
२०७८, १० आश्विन

काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु आज देखि भौतिक रूपमा सञ्चालन हुने भएका छन् ।
शिक्षा समितिको हालै सम्पन्न बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेसँगै कोरोना महामारीका कारण बन्द भएका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका हुन् ।
काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका छन् ।
महानगरका अनुसार भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ । काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने यसअघि नै विद्यालय सञ्चालन गरिसकेका छन् ।

प्रतिक्रिया