नेपाल र ओमानको मैत्रीपूर्ण फुटबल खेल आज
प्रकाशित:
२०७८, १० आश्विन
काठमाडौं, १० असोज । साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल राति पौने १० बजे दोहामा हुँदैछ ।
यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेकोमा एकमा बराबरी र एकमा हार बेहोरेको थियो । नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । साफ च्याम्पियनसिप आउँदो १५ गतेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया