ईपिएल : काठमाडौं किङ्सद्वारा ललितपुर पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, ९ आश्विन

काठमाडौं, ९ असोज । शनिबारदेखि सुरु भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल)को पहिलो खेलमा काठमाडौँ किंग्सले ललितपुर पेट्रियट्सलाई ७ विकेटले पराजित गरेको छ । लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्याउँदै जीत हासिल गरेको हो ।

काठमाडौँका लागि रायन बर्लले विस्फोटक ब्याटिङ गर्दै ३४ बलमा ७३ रन बनाए भने यस क्रममा ३ चौका र ७ छक्का हिर्काए । त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९ रन बनाए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्रसिंह कार्कीले ३३ रनको योगदान दिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।

प्रतिक्रिया