विकिनी सुटमा ‘सन्नी सन्नी’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७८, ९ आश्विन

काठमाडौं, ९ असोज । अमेरिकामा बस्दै आएका युवा व्यवसायी बिरन भट्टराईको लगानी रहेको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘सन्नी सन्नी’ बोलको सो भिडियोलाई बलिउड शैलीमा निर्माण गरिएको छ । गोपी दाहालको शब्द र स्वर रहेको उक्त गीतको भिडियोमा मोडलहरु विकिनी सुटमा देखिएका छन् ।

बलिउड भिडियोबाट प्रभावित यस भिडियोमा अर्शु महर्जन, युरिक लामा, अनुराधा ढुंगाना, सलिना चौधरी, प्रेक्षा बानिया र स्वेता श्रेष्ठले अभिनय गरेका छन् । उनीहरुले खुलेरै अंग प्रदर्शन गरेका छन् ।

काठमाडौं उपत्यकाबाहिर छायाँकन गरिएको यस भिडियोलाई राजिव समरले निर्देशन गरेका हुन् । भिडियोमा अनिल कटवालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन र राजेश कुमारको कलरिङ रहेको छ । रिकेश गुरुङ ‘किज’को अरेन्ज र एनके ब्रोदर्सको संगीत रहेको यस गीतको भिडियोलाई दर्पण मिडियाले बजारमा ल्याएको हो ।

प्रतिक्रिया