करिश्माको करिश्मा : यही भएर उनी सदावहार
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

काठमाडौं, ८ असोज । अभिनेत्री करिश्मा मानन्धर सदावहार नायिका मानिन्छिन् । जुन उनले पुष्टि पनि गर्दै आएकी छन् । अभिनेत्री करिश्माको हालै केही तस्बिर सार्वजनिक भएको छ, ती तस्बिरहरुमा उनी साँच्चीकै सदावहार सुन्दरी नायिकाको पुष्टि गरेकी छन् ।
एक बुटिकका लागि करिश्माले नयाँ लुक्समा फोटोसुट गरेकी छन् । ती तस्बिरमा करिश्माको करिश्मा झल्किएको छ ।

कायरा बुटिककी सञ्चालक तथा डिजाइनर रोजिना श्रेष्ठले तयार पारेको पहिरनमा करिश्मा विछट्टै आकर्षक देखिएकी छन् । फोटोग्राफर महेश श्रेष्ठले फुल्चोकी डाँडा र गोदावरी वनस्पति उद्यानलाई पृष्ठभूमि बनाएर अभिनेत्री करिश्माको आकर्षक फोटोसुट गरेका हुन् ।
कुनै समय नेपाली फिल्ममा आफ्नो रुपको जादूले दर्शकलाई लठ्ठ बनाएकी करिश्मा त्यो रुपको चमक अझै उस्तै छ । किशोरवयदेखि नै सुन्दरी नायिकाको उपमा पाएकी करिश्माको सौन्दर्यताको रहस्य के हो ? त्यो आफैँ जानुन् ।

नोट : महेश श्रेष्ठले खिचेका तस्बिरहरु सान्दर्भिक लागेर अनलाइन खबरबाट साभार गरिएको हो । -सम्पादक

प्रतिक्रिया