थपिए १ हजार ४७६ जना कोरोना संक्रमित
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

काठमाडौं, ८ असोज । शुक्रबार देशभर थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ६९० नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआरबाट १ हजार १०३ र एन्टिजेनबाट ३७३ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १० हजार ५७५ जनाको पीसीआर र ५ हजार ११५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै, आज ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने सोही अवधिमा १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया