दिल्लीको एक अदालतमा गोली चल्दा ग्याङस्टार र दुई आक्रमणकारीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

दिल्ली, ८ असोज (एजेन्सी) । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । गोली चल्दा एक ग्याङस्टार र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ ।
यस्तै, घटनामा एक महिला वकिलसहित तीन जना घाइते भएको जनाइएको छ । वकिलको पहिरनमा आएका आक्रमणकारीहरूले ग्याङस्टारमाथि गोलि चलाएका थिए । ज्यान गुमाउने ग्याङस्टारको नाम जितेन्द्र मान गोगी भएको जनाइएको छ ।
‘ग्याङस्टार (जितेन्द्र) लाई सुनुवाइका लागि अदालतमा ल्याउने क्रममा दुई आक्रमणकारीले उसमाथि गोली चलाए । प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारीको ज्यान गएको छ’, दिल्ली प्रहरी कमिस्नरले समाचार एजेन्सी एएनआईसँग भनेका छन् ।

प्रतिक्रिया