चीन सधैं विकासशील देशहरूको पक्षमा छ र निष्पक्षताको समर्थन गर्छ : मन्त्री वाङ
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

बेइजिङ, असोज (एजेन्सी) । चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र संघको महासभाका ७६ औँ सत्रका अध्यक्ष अब्दुल्ला शाहिदसँग भिडियो माध्यमबाट वार्ता गरेको छ ।

मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड–१९ महामारी विरुद्धको लडाइमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक विविधताको संरक्षण गर्न एवं दिगो विकासलाई बढावा दिन ठूलो सहयोग गर्न आह्वान गरेका छन् ।

यस वर्ष संयुक्त राष्ट्रसंघमा चीनको जनवादी गणतन्त्र (एच्ऋ) को वैधानिक सीटको पुनर्स्थापनाको ५० औं वार्षिकोत्सवको चर्चा गर्दै मन्त्री वाङले चीनको मत सधैं विकासशील देशहरूको पक्षमा र अन्तरराष्ट्रिय न्याय र निष्पक्षताको समर्थनमा हुने बताएको छ ।

शाहिदले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १०० औँ वार्षिकोत्सव र संयुक्त राष्ट्र संघको एच्ऋ को वैधानिक सीट पुनर्स्थापनाको ५० औं वार्षिकोत्सवको अवसरमा बधाइ दिदै यस सत्रको मुख्य एजेन्डालाई संयुक्त रूपमा अगाडि बढाउन चीनसँग मिलेर काम गर्ने आशा समेत व्यक्त गरेको छ ।

प्रतिक्रिया