इजलास गठन विवादमा सर्वोच्चले एमिकस क्यूरीको राय लिने
प्रकाशित:
२०७८, ८ आश्विन

काठमाडौं, ८ असोज । संवैधानिक इजलास गठनबारे विवादमा सर्वोच्च अदालतले एमिकस क्युरीको राय लिएरमात्र थप आदेश गर्ने भएको छ ।
रिटमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने माग रहेको छ । शुक्रबार उक्त रिट निवेदनमाथि न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले एमिकस क्यूरी पठाउन आदेश दिएका हन् ।
इजलासको आदेशअनुसार एमिकस क्यूरीका रूपमा सर्वोच्च अदालत बार र नेपाल बारले दुई÷दुई सदस्य पठाउने छन् । यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउन समेत आदेश दिएको थियो ।
अधिवक्ता गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य रहनुपर्ने दाबी उक्त रिट निवेदनमा गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
कामपाले २०८२ जनालाई सीप सिकाउँदै, यस्ता छन् तालिमका क्षेत्र र विधा
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्धा, ३ अर्ब २१ करोड ८३ लाख रूपैयाँ बिगो दाबी
अर्थमन्त्रीको ठाडो प्रस्तावमा गभर्नर सिफारिस समितिको सदस्यमा डाक्टर डा पाण्डे नियुक्त
संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त