अमेरिकी राष्ट्रपति बाइडनको पत्रकार सम्मलेनमा प्रधानमन्त्री देउवाले के भने ?
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

काठमाडौं, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्ने बताएका छन् ।

हीबार राति अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नेपालले सन् २०२२ को अप्रिलसम्म ८० प्रतिशतलाई कोभिड विरुद्धको खोप लगाइसक्नेछ ।’ उनले कोभिड १९ महामारी नियन्त्रण गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति बाइडेनले राष्ट्रसंघीय महासभाको पूर्वसन्ध्यामा आयोजना गरेको सो भर्चुअल सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले सम्बोधन गरेका थिए । शनिबार आयोजना हुने राष्ट्रसंघीय महासभाको ७६ औं सत्रलाई १९३ देशका सरकार प्रमुख र राष्ट्र प्रमुखहरुले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया