राष्ट्र बैंकले चार्जिङ स्टेसन निर्माणका लागि सहुलियत ब्याजदरमा कर्जा दिने
अखबार टुडे
प्रकाशित:
२०७८, ८ आश्विन

काठमाडौं, ८ असोज । विद्युतीय गाडीका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेसन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरेको छ ।
विद्युतीय गाडीकोे प्रवर्द्धन होस् र विद्युत् खपत पनि बढोस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधिमा तेस्रो संशोधन गर्दै विद्युतीय गाडीका लागि सहजरूपमा चार्ज हुने प्रणाली स्थापनाका लागि चार्जिङ स्टेसन निर्माणमा विशेष ध्यान दिएको हो ।
विशेष पुनर्कर्जाका लागि विभिन्न कर्जायोग्य मानिने भन्ने व्यवस्थाअन्तर्गत विशेषगरी विद्युतीय गाडीका लागि आवश्यक चार्जिङ स्टेसन स्थापनाका लागि प्रवाह भएका कर्जालाई त्यसमा समेटिएको छ ।
पछिल्ला दिनमा निजी क्षेत्रले समेत चार्जिङ स्टेसन निर्माणमा विशेष प्राथमिकताका साथ काम गरिरहेका छन् । देशभर विभिन्न १५ वटा चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् ।
यस्तै, नेपाल विद्युत् प्राधिकरणले समेत देशभर नै ५० वटा चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रतिक्रिया