थव १ हजार २३९ जनामा कोरोना पुष्टि
अखबार टुडे
प्रकाशित:
२०७८, ७ आश्विन

काठमाडौं, ७ असोज । गत २४ घण्टामा देशभर थप १ हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १५ हजार २४३ जनामा नमुना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ७८ हजार ७७६ पुगेको छ । यस्तै थप १ हजार ३२४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५६ हजार ९५४ पुगेको छ ।
यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।

प्रतिक्रिया