केपी ओली ‘हरूवा र भगौडा’ हुन् : अध्यक्ष प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ७ आश्विन

काठमाडौं, ७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हरूवा र भगौडा भएको बताएका छन् ।
बिहीबार माओवादीको युवा संगठन योङ कम्युनिष्ट लिग पाँचखाल, काभ्रेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली हरूवा र भगौडा भएको बताएका हुन् ।
प्रचण्डले भने ओलीको षडयन्त्रमा विदेशीहरूले साथ दिएको तर हामीले त्यसलाई हरायौं । नेकपा हुँदा केपीको प्रवृत्ति उजागर गरेर उनलाई पार्टी साधारण सदस्यबाट निकाल्यौं, पछि पनि उनलाई बालुवाटारबाट बालकोट पु¥यायौं । हामी विजेता हौं । केपी हरूवा हो, भगौडा हो ।’
यस्तै, नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ओलीलाई नेपालको महान् नेता बन्ने अवसर भए पनि उनको बुद्धि नपुगेको प्रचण्डले तर्क गरे । केपी व्यक्ति नभएर दम्भी, अहंकारी, सामन्ती हिन्दुवादी प्रवृत्ति भएको प्रचण्डले बताए ।

ओलीले माओवादी र माओवादी नेतृत्वलाई सखाप पार्न प्रतिनिधि सभा विघटन भएको प्रचण्डले बताए । प्रचण्डले अहिले पनि खतरा टरिनसकेको र गठबन्धनलाई टुटाउन षडयन्त्र भइरहेको तर जस्तोसुकै त्याग गर्नु परे पनि अर्को चुनावसम्म अहिलको गठबन्धनलाई टुट्न नदिने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया