प्रहरीद्वारा वशिष्ठमाथि अभिनेत्रीहरूलाई ‘पोर्न फिल्म’मा काम गर्न लगाएको आरोप
अखबार टुडे
प्रकाशित:
२०७८, ७ आश्विन

काठमाडौं, ७ असोज । पोर्न भिडियो निर्माण गरेको अभियोगमा पक्राउ परेकी बलिउड फिल्मका अभिनेत्री गहना वशिष्ठमाथि अभिनेत्रीहरूलाई लालच देखाएर ‘पोर्न फिल्म’मा काम गर्न लगाएको प्रहरीले आरोप लगाएका छन् ।

प्रहरीका अनुसार गहनाले फिल्म क्षेत्रमा संघर्षरत अभिनेत्रीहरूलाई ठूला फिल्ममा काम लगाइदिने लोभ देखाउँथिन् । उनले एउटा भिडियोमा काम गरेबापत १५ देखि २० हजार भारतीय रुपियाँ दिने गरेकी थिइन् ।

गहनाले ६ महिनाअघि ८७ वटा पोर्न भिडियो बनाएको प्रहरीले भारतीय सञ्चारमाध्यमलाई जानकारी दिएको थियो । उनले उक्त भिडियोहरू आफ्नो वेभसाइटमा अपलोड गर्दै आएकी थिइन् । उक्त वेभसाइट खोल्नका २ हजार भारतीय रुपियाँ राखिएको थियो ।

उनी उक्त प्रकरणमा ५ महिना जेल परिन् । तर, फेरि भारतीय व्यापारी राज कुन्द्राको पोनोग्राफी प्रकरणमा उनी पनि मुछिइन् । उनले उक्त प्रकरणमा संलग्न रहेको आरोप लागेपछि बम्बई उच्च अदालतमा अग्रिम जमानतका लागि निवेदन दिएकी थिइन् । उक्त जमानतको निवेदन मंगलबार खारेज भएको छ । उनलाई मुम्बई प्रहरीको अपराध शाखाले सोधपुछका लागि बोलाएको थियो । तर उनले आफू मुम्बईमा नभएको भन्दै प्रहरीमा बयान दिन इन्कार गरेकी थिइन् ।

प्रतिक्रिया