एकीकृत समाजवादीद्वारा पदाधिकारीको चयन, सचिवमा रामकुमारी झाँक्री
अखबार टुडे
प्रकाशित:
२०७८, ७ आश्विन

काठमाडौ, ७ असोज । माधव कुमार नोपल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारीको टुङ्गो लगाएको छ ।
चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिए ।
उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन हुनु भएको छ । यस्तै, महासचिवमा बेदुराम भुसाल र उपमहासचिवमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल चयन भएका छन् ।
सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएको छ । सचिवालयले टुङ्गो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिने छ ।

प्रतिक्रिया