परराष्ट्रमन्त्री खड्काले लिए सपथ, आजै न्यूयोर्क जाँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

काठमाडौं, ६ असोज । परराष्ट्रमन्त्री डा। नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । बुधबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।
नेपाली कांग्रेसका नेता खड्कालाई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै मन्त्री पदमा नियुक्त गरेकी हुन् । मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ भने त्यसपछि आजै संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाने कार्यक्रम छ ।

प्रतिक्रिया