संयुक्त राष्ट्रसंघको महासभामा बोल्न दिन तालिबानको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

काठमाडौं, ६ असोज । अफगानिस्तानको तालिबानले न्युयोर्कमा चलिरहेको राष्ट्रसङ्घीय महासभामा विश्व नेताहरूलाई सम्बोधन गर्न पाउनका लागि आग्रह गरेको बीबीसीले जनाएको छ ।
तालिबान समूहका विदेशमन्त्री आमिर खान मुताकीले सोमबार अनुरोधसहितको पत्र संयुक्त राष्ट्रसंघमा पठाएको र यसबारेमा उच्चस्तरीय त्यस्तो राष्ट्रसङ्घीय बहसमा सहभागी हुन गरिएको अनुरोधलाई उक्त निकायको क्रेडिन्सियल कमिटीले विचार गरिरहेको बताइएको छ । जसमा अमेरिका, चीन र रुस सहितका नौ देशहरू छन् ।
तालिबानले पछिल्लो सरकारका पालामा राष्ट्रसङ्घ पठाइएका राजदूतले यतिखेर आफ्नो सरकारको प्रतिनिधित्व नगर्ने जनाएको छ ।
साथै दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई राष्ट्रसङ्घका लागि आफ्ना राजदूत नियुक्त समेत गरेको छ । यतिखेर राष्ट्रसंघका लागि अफ्गान राजदूतमा गुलाम इसाकजाई कार्यरत छन् । महासभाको अन्तिम दिन अर्थात् सेप्टेम्बर २७ मा इसाकजाईले नै मन्तव्य दिने अनुमान छ ।

प्रतिक्रिया