यस्तो छ आज र भोलिको मौसम
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

काठमाडौं, ६ असोज । देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । बुधबार दिउँसो वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताए ।
राति भने प्रदेश १, गण्डकी, वाग्मती, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने भएकाले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । उनका अनुसार आज र भोलि दिउँसोको समयमा भन्दा रातको समयमा धेरै पानी पर्ने सम्भावना छ । यस्तै, राति केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने अनुमान पनि छ । भोलि पनि मौसम यस्तै हुने मौसमविद्ले बताएका छन् ।
पहाडी क्षेत्रमा पहिरो तथा गग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सावधानि अपनाउन आग्रह गरिएको छ ।

अहिले नेपालमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।

प्रतिक्रिया