गुल्मीमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ६ आश्विन

गुल्मी, ६ असोज । गुल्मीको रेसुङ्गा नगरपालिका–८ थुम्कास्थित पहिराले घर पुिरँदा तीन जनाको मृत्यु भएको छ । पहिरोले तिलक परियारको घर पुरिँदा उनकी छोरी २१ वर्षीया भावना, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।
मङ्गलबार रातिदेखि परेको पानीका कारण पहिरो आई घर पुरिँदा एउटै कोठामा सुतिरहेका उनीहरुको मृत्यु भएको हो । पुरिएकाको शव स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीले बाहिर निकालेका छन् ।
शवलाई अहिले परीक्षणका लागि गुल्मी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । तिलक, उनकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेका र उनीहरुलाई छिमेकीको घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया