अमेरिका र चीनलाई वार्ताको निम्ति संयुक्त राष्ट्रसंघ प्रमुखको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

वासिंगटन, ५ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संयुक्त राज्य अमेरिका र चीनलाई वार्तामा संलग्न हुन आग्रह गर्नु भएको छ । उनले तिक्तता र अन्य यस्तै गतिविधिले विश्व विभाजित हुँदै जान सक्नेतर्फ लक्षित गरेका छन् ।

‘यो समस्याको लागि एक प्रारम्भिक विन्दु हो र शीतयुद्धको तुलनामा यस बारे धेरै कम पूर्वानुमान गर्न सकिनेछ’ गुटेरेसले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटनका क्रममा उक्त धारणा राख्दै भने, ‘विश्वासलाई पुनर्स्थापित गर्न र आशा लाई प्रेरित गर्नको लागि हामीलाई सहयोगको आवश्यकता छ ।’ (एजेन्सी)

प्रतिक्रिया