कश्मीरमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु
प्रकाशित:
२०७८, ५ आश्विन
श्रीनगर, ५ असोज । भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । अधिकारीका अनुसार घटना मंगलबार बिहान साढे दश बजेको हो । (एजेन्सी)
प्रतिक्रिया
सम्बन्धित समाचार