‘चन्चली’मा कुसुम-आननको जम्यो केमेष्ट्रि
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । पहिलो नेपाल आइडल विजेता बुद्ध लामाको नयाँ गीत ‘चन्चली’को भिडियो सार्वजनिक भएको छ । अविनाश राईको शब्द, संगीत र संजीव बराइलीको एरेन्ज रहेको गीतको भिडियोमा फुलबुट्टे सारी गीतका मोडल आनन सिंह र कुसुम गुरुङको अभिनय रहेको छ । भिडियोमा कुसुम र आननको अनस्क्रिन केमिस्ट्री जमेको देखिन्छ ।

लोकप्रिय गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आननको त्यसपछिको नायिका पुजा शर्मासँग ‘तिमी आउने जाने’ पनि हिट भएको थियो । पवछिल्लो उनको ‘चन्चली’ गीतको भिडियोलाई अनुप चापागाईले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायांकन र बिकास दाहालको सम्पादन रहेको भिडियोलाई नेप्लिज एक्सट्रिमले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया