थप ५ जना कोरोना संक्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । गत २४ घण्टामा देशभर थप १ हजार ३३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी १३ हजार ६ सय २२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ७५ हजार ९५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८३० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ५४ हजार पुगेको छ ।
यही अवधिमा थप ५ जना सङ्क्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५३ पुगेको छ ।

प्रतिक्रिया