विश्व

हुथी विद्रोहीमाथि हवाई आक्रमण, कम्तीमा ३० को मृत्युु

साना, ५ असोज (एजेन्सी) । यमनको मारिब प्रान्तमा सोमबार साउदी अरेबिया नेतृत्वको यमनी सैन्य समूहले गरेको हवाई कारबाहीका क्रममा कम्तीमा ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् ।
यमनी सेनाले उक्त क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको पनि बताइएको समाचारमा उल्लेख गरिएको छ ।
साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।

Click to comment
To Top