मधेश पुरै कब्जा गर्ने सिके राउतको ‘रणनीति’ !
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । सिके राउन नेतृत्वको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको दुई दिने विस्तारित बैठक सम्पन्न भएको छ । बैठकमा पुरै मधेस कसरी कब्जा गर्ने भन्ने ‘रणनीतिबारे छलफल’ भएको बताइएको छ ।

बैठकमा डा. सीके राउतले पुरै मधेस कसरी कब्जा गर्ने भन्ने रणनीति सुनाएका थिए । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार अलग्गै मधेस बनाउने अभियान छाडेर मूलधारको राजनीतिमा आएका सीके राउतले पूरै मधेसमाथि आफ्नो कब्जा जमाउने रणनीति बनाउन लागेका छन् ।
अध्यक्ष राउनले चुनावमार्फत जनमत पार्टीलाई एक नम्बरको पार्टी बनाउनुपर्ने र पूरै मधेसमाथि कब्जा गर्नुपर्ने धारणा प्रशिक्षणमा राखेका थिए । ती केन्द्रीय सदस्यका अनुसार राउतले भने, ‘स्वतन्त्र मधेसका लागि लडेर आएका थियौँ, त्यो अहिलेलाई छाडेका छौं तर पार्टीमार्फत अहिले पनि मधेसमाथि कब्जा गर्न सकिन्छ ।’

मधेसको करिब २६ सय वडामा हाल १६ सयभन्दा बढी वडास्तरमा जनमत पार्टीको संगठन विस्तार भएको तथ्यांक प्रस्तुत गर्दै राउतले बाँकी एक हजार वडामा ३ महिनाभित्र संगठन निर्माण गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया