माओबादीले सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्नेे
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । नेकपा माओवादी केन्द्रले वडा देखी केन्द्रीय समितिसम्मको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको छ ।
माओवादी केन्द्रले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएका हुन् ।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन गर्ने तयारी माओवादीले गरेको छ ।

प्रतिक्रिया