माधवलाई बास्कोटाको ब्यंग्य, ‘कोइली कराउँदै गर्दा पार्टीले नयाँ पालुवा फेर्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

पोखरा, ५ असोज । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ‘शीतको थोपा’सँग तुलना गरेका छन् । पोखरामा पत्रकारहरुसँग बोल्दै नेता बाँस्कोटाले आध्यक्ष नेपाललाई शीतको थोपा भन्दै घाम उदाएपछि सुकेर जाने टिप्पणी गरेका हुन् ।
नेता बास्कोटाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’ उनले चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने दावी गरे । भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कने दावी गर्दै नेता नेपाल पार्टीद्रोही भएको आरोप लगाए ।
‘नेकपाले काँचुली फेरेको छ, उनले भने, ‘कोईली कराउँदै गर्दा पार्टीले नयाँ पालुवा फेर्छ ।’ पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्रीसमेत रहेको बाँस्कोटाले अध्यादेशले बनाएको पार्टी र परमादेशले बनाएको सरकारले काम गर्न नसक्ने दावी गरे ।

प्रतिक्रिया