अमेरिकाद्वारा विदेशी यात्रुलाई हवाई प्रतिबन्ध खुकुलो
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । अमेरिकाले यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । बेलायत, ईयू र अरु देशका मानिसलाई प्रवेश गर्न पाउने गरी यात्रा प्रतिबन्ध खुकुला बनएको हो । नोभेम्बरदेखि पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् ।
गएको हप्ता ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो । तर नयाँ नियम घोषणा गरी ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले अमेरिका प्रवेश गर्नेहरुका लागि पूर्णमात्रा खोप लगाएको हुनुपर्ने बताए ।
नयाँ नियम अनुसार परीक्षण नेगेटिभ आएको र सम्पर्क विवरण देखाउनुपर्नेछ तर क्वरेण्टीन बस्नुपर्ने छैन । नयाँ नियममा अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरूमा लागू हुने हो भन्ने स्पष्ट भइनसकेको सञ्चारमाध्ययममा उल्लेख गरिएको छ ।
अस्ट्राजेनेका खोप अमेरिकामा स्वीकृत भएको छैन । ह्वाइटहाउसका कोभिड संयोजक जिन्ट्सले त्यसबारे अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोलले निर्णय लिने बताएको छ । क्यानाडा र मेक्सिकोको जमिनबाट अमेरिका प्रवेश गर्नेहरूका हकमा नयाँ नियम लागू हुने छैन् ।

प्रतिक्रिया