‘कमेडी च्याम्पियन’ भरतमणि पौडेललाई ताप्लेजुङ्गे कलाकारको बधाई
अखबार टुडे
प्रकाशित:
२०७८, ५ आश्विन

काठमाडौं, ५ असोज । गायन समाज ताप्लेजुङ काठमाडौंले ‘कमेडी च्याम्पियन’ सिजन-२ का विजेता भरतमणि पौडेललाई बधाई दिएको छ । ताप्लेजुङका कमेडी च्याम्पियन पौडेललाई एक कार्यक्रमबीच बधाई दिइएको हो ।

सोमबार अनामनगरस्थित रुबुशा क्रियटिभ वर्कसको कार्यालयमा जम्मा भएका ताप्लेजुङ्गे कलाकारहरुलाई पौडेललाई बधाई तथा उज्वल भविष्यको शुभकामना दिएका थिए । पौडेलले शनिबार भएको कमेडी च्याम्पियन सिजन–२ को फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई उछिन्दै विजेता बनेका हुन् ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’मा सहभागी भएदेखि नै पौडेलले निर्णायक र दर्शकको मन जित्दै आएका थिए । ‘स्टेण्डअप कमेडी’का लागि प्रखर देखिएका पौडेलले कार्यक्रममा सहभागी हुनु पहिलेदेखि कमेडियन शोहरुमा आफ्नो प्रस्तुती दिँदै आएका थिए ।

रियालिटी शोमा सहभागी भएपछि वाहवाही बट्ल्दै आएका पौडेलले पहिलोपटक पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका थिए । जसबाट पौडेलले थप प्रसंशा बटुल्न सफलल भएका थिए ।

प्रतिक्रिया