थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ४ आश्विन

काठमाडौं, ४ असोज । गत २४ घण्टामा देशभर थप १ हजार ९५ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । २४ घण्टामा १३ हजार ८१७ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, २ हजार ९५७ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ८ लाख ७४ हजार ६२९ पुगेको छ । यस्तै यही अवधिमा थप ८ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४८ पुगेको छ ।

प्रतिक्रिया