पहिरो अवलोकन गर्न गएका मेयरमाथि आफ्नै कार्यकर्ताबाट मुक्का प्रहार
अखबार टुडे
प्रकाशित:
२०७८, ४ आश्विन

रुपन्देही, ४ असोज । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई आफ्नै पार्टीका कार्यकर्ताले मुक्का प्रहार गरेका छन् ।
सोमबार बिहान बुटवल ३ ज्योतिनगरमा गएको पहिरो अवलोकनका लागि प्राविधिकसहितको टोली लिएर गएका मेयर सुवेदीमाथि अनेरास्ववियुका जिल्ला कमिटी सदस्यसमेत रहेका गणेश पंगेनीले मुक्का प्रहार गरेको प्रहरीले बताएका छन् ।
पहिरो पिडितका समस्यालाई बेवास्ता गरेको र कामभन्दा अवलोकनमै ध्यान दिएको भन्दै मुक्का हानेको पंगेनीले बताएका छन् । गएको भदौ १३ गते पहिरो खस्दा ज्योतिनगरमा दुई दर्जन घरमा क्षति पुगेको थियो । आजको पहिरोले त्यहाँ थप नौ घरमा क्षति पु¥याएको छ ।

प्रतिक्रिया