चीनमा ७८ प्रतिशत नागरिकलाई कोभिड–१९को पूर्ण खोप
अखबार टुडे
प्रकाशित:
२०७८, ४ आश्विन

बेइजिङ, ४ असोज (एजेन्सी) । चीनको सरकारी तथ्याङ्क अनुसार शनिबारसम्म कोभिड–१९ खोप प्राप्त गर्ने व्यक्तिको कूल सङ्ख्या एक अर्ब १० करोड पुगेको देखाएको छ । यो सङ्ख्या कूल जनसङ्ख्याको ७८ प्रतिशत हो ।
कोभिड–१९ प्रतिक्रियाको लागि राज्य परिषद् अन्तर–संस्थान कार्य दलको तथ्याङ्कअनुसार मुख्य भूमि चीनमा मा १ अर्ब २ करोड भन्दा बढी मानिसहरूले कोभिडविरूद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् ।
चीनमा कोभिड–१९ विरूद्धको एक खोप लगाउनेको सङ्ख्या २ अर्ब १७ करोडभन्दा बढी पुगेको छ । कोभिड–१९ विरूद्धको खोप धेरै लगाउने विश्वका प्रमुख देशहरूमध्ये चीन एक भएको उक्त कार्यदलले बताएको छ ।

प्रतिक्रिया