सुरेन्द्र र समारिकाको ‘चरी नाचेको’ (भिडियो)
अखबार टुडे
प्रकाशित:
२०७८, ३ आश्विन

काठमाडौं, ३ असोज । मोडल सुरेन्द्रकुमार दाहाल अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘चरी नाचेको’ गीतको उक्त भिडियोमा सुरेन्द्रसँगै मोडल समारिका ढकालले अभिनय गरेकी छन् । भिडियोमा सुरेन्द्र र समारिकाको अनस्क्रिन जोडी गजबले जमेको छ ।

सुरेन्द्रले यसअघि थुप्रै म्युजिक भिडियोहरुमा उत्कृष्ठ अभिनय तथा नृत्य गरेका छन् । जसमार्फत उनले दर्शकको मन जित्न सफल भएका छन् । उनै मोडल सुरेन्द्रको यो पछिल्लो भिडियोलाई पनि दर्शक तथा श्रोताले रुचाएका छन् ।

हालै सार्वजनिक भएको यस गीतमा गायिका लक्ष्मी खड्का र गायक नेत्रप्रसाद काफ्लेको स्वर रहेको छ । उमंग म्युजिक प्रालिले सार्वजनिक गरेको उक्त गीतमा लय संकलन चर्चित लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेलको रहेको छ । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको यस गीतमा कमल सौरागको एरेन्ज, र कुमार रानाको रेकर्ड तथा अडियो सम्पादन रहेको छ ।

बिक्रम चौहानको निर्देशन रहेको यस भिडियोलाई छायाँकन सुरेश श्रेष्ठ तथा ड्रोन सन्तोष महराले चलाएका छन् । यस भिडियोका लागि कलरिङ शिव पौडेलले गरेका छन् ।

प्रतिक्रिया