काठमाडौं ३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अलंकार पदकहरुको बदनामी गर्दै मुखमा कालो पोतेको टिप्पणी गरेका छन् ।
आइतबार सातौं संविधान दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले संविधान दिवसका दिन शहीदका सन्तान, आमाबुबाहरुले गर्व गर्न पाउनुपर्ने र घाइतेहरुले सम्मानित हुन पाउनुपर्ने बताउँदै भने, ‘तर, सरकारले कसैको बा त, कसैका श्रीमतीलाई मानपदवी दिएको छ ।’
उनले ‘बाहिर म पदको भोको होइन, जनताका लागि हुँ’ भन्नेहरुले मौका पाउँदा आफ्नालाई मात्र हेरेको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘अलंकार, पदक, विभूषणहरुको नाकमा कालो पोतेको । ती विभुषणहरुले लज्जा मानिरहेको भन्दै भने, ‘आज मानपदवीहरु । क्या घाँटीमा पुगिने भयो बा १ बोल्न सक्ने भए उफ्रिन्थे ती । तर बोल्न सक्दैनन् ।’
आफ्नो सरकारविरुद्ध खोइरो खन्ने पत्रकारहरुलाई ठूलठूला पदक दिएको उनले बताउँदै भने, ‘झगडियाहरु सम्मानित, तथानाम बहस गर्नेहरु सम्मानित, जे पायो त्यही बोल्नेहरु सम्मानित, २÷४ जना छुटेको जस्तो लाग्यो, किन छोडेको होला रु अनि मुद्दा जिताइदिने, हराइदिने सम्मानित ।’
उनले संविधान जारी गर्ने पहल गर्दा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयाससम्म भएको समेत स्मरण गरे । ओलीले भने, ‘संविधान जारी गर्न खोज्दा हामीमाथि भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौँ ।’
अध्यक्ष ओलीले कांग्रेस र माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको स्मरण गर्दै भने, ‘त्यसैले यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्नेछ ।’
संविधान संशोधन गर्छु भन्दै विदेशमा गएर सम्झौता गर्ने प्रवृत्ति नेपालकै नेताहरुमा देखिाए बताउँदै ओलीले भने, ‘जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो । संविधान मान्दैनौँ भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो ।’ उनले सबैले संविधानअनुसार सपथग्रहण गरेर विनासर्त संविधान स्वीकार गरेको बताए ।