चैतभित्र सबै नेपालीलाई खोप : प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७८, ३ आश्विन

काठमाडौं, ३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गर्दै मुलुकमा विकास, समृद्धि र स्थायी शान्ति कायम गर्ने सबैको साझा लक्ष्य भएको बताएका छन् ।
आइतबार सातौँ संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विधिको शासन अवलम्बन गर्दै मुलुकमा दीगो शान्ति कायम गर्दै समृद्धिको लक्ष्य हासिल गरिने बताएका हुन् ।
संविधान जारी भएको दिन नेपालीको विशिष्ट पर्व भएको बताउँदै उनले भने,
‘समृद्धिको लक्ष्य हासिल गर्न संविधानको पूर्ण पालना र कार्यान्वयन अपरिहार्य छ ।’ प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनबाट समृद्धि कायम गर्नु साझा संकल्प भएको बताउँदै इमान्दारीतापूर्वक काम गर्न प्रतिवद्ध रहेको बताए ।
संविधान कार्यान्वयन गर्न संवाद, सहमति र सहकार्यबाटै संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाइने समेत उनले बताए । लोकतन्त्रको माध्यमबाट सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । साथै, चैतभित्र सबै नेपालीलाई निःशुल्क रूपमा कोरोना खोप लगाइने उनको भनाइ छ ।

प्रतिक्रिया