आईपीएलका बाँकी खेल आजदेखि, चेन्नई र मुम्बई भिड्दै
प्रकाशित:
२०७८, ३ आश्विन

काठमाडौं, ३ असोज । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ ।
खेल यूएईमा आजदेखि सुरु हुन लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।
चेन्नई ७ खेलमा १० अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अङ्क छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
मिरुना भन्छिन्- अध्ययन र काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव छ
मितेरी पुल बाढीले बगाएपछि कैलाश मानसरोवर जान समस्या
मौद्रिक नीति : नीतिगत दर घट्यो (पूर्णपाठ)
युवालाई प्रधानमन्त्रीको आग्रह- २० वर्ष पुगेपछि विवाह गरेर सन्तान उत्पादनमा लाग्नुस्
सुनचाँदी व्यवसायीद्वारा आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने