चन्द्र प्रसाइँको गीत ‘परिष्कृत’मा प्रेमपिडा
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ असोज । लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा चन्द्र प्रसाइँ ‘परिष्कृत’को शब्द, राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ ।

प्रेम र बिछोडको पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय देख्न सकिन्छ । प्रतिशा र सनिशलाई रचु सुवेदी, विबेक सापकोटा, प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन् ।

सिम्पल थिममा थोरै लगानीमा निर्माण भएको गीतको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ । सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशक हो । जसमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेले गरेका हुन् । गीत गीतकार प्रसाइँकै च्यानल प्रसाइँसन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो ।

एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन्, भने धेरैले चर्चा समेत कमाइका छन् । चितवन स्थाई घर भएका प्रसाइँ सानैदेखि गीत, कविता गुनगुनाउने गर्दथे । गीत, कविता र गजलसमेत लेख्दै आएका प्रसाइँ पछिल्लो समय अमेरिका बस्दै आएका छन् ।

प्रतिक्रिया