आदिवासी जनजाती महासंघ युएईको अध्यक्षमा सञ्चारकर्मी विजयलक्ष्मी राई
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ असोज । आदिवासी जनजाती महासंघ युएईको अध्यक्षमा विजयलक्ष्मी राई चयन चुनिएकी छन् । शुक्रबार सम्पन्न अधिवेशनले सञ्चारकर्मी तथा समाजसेवी समेत रहेकी विजयलक्ष्मी राईलाई महासंघको अध्यक्षमा चयन गरिएको हो ।

यसअघि विजयलक्ष्मी महासंघको वरिष्ठ उपाध्यक्ष भएर सफल कार्य सम्पादन गरेकी छन् । अहिले अध्यक्षमा निर्वाचित भएपछि आफूमा थप जिम्मेवारी बढेको उनको भनाइ छ । अध्यक्षको कार्यभार सम्हालेपछि उनले आफ्नो कार्यकालमा आवद्ध सबै जातिय संघसंस्था तथा विदेश शाखासँग समन्वय गरी आदिवासी जनजातिको मुद्दालाई उठान गर्ने बताउँदै नेफिन युएई दर्ता प्रक्रियालाई अगाडि बढाउने प्रतिवद्धता जनाइन् । उनले भनिन्, ‘आफ्नो जिम्मेवारीप्रति पूर्ण कर्तव्यनिष्ट भए काम गर्नेछु ।’

यसपटक अध्यक्ष पदका लागि बिजयालक्ष्मीसहित तीन जनाले उमेरदवारी दिएका थिए । तीन जना अध्यक्षको आकांक्षी भएपछि सुरुमा सहमतिमा कार्यसमिति चयन गर्ने प्रयास गरिएको थियो । तर, त्यो प्रयास असफल भएपछि डेरराज गुरुङको संयोजत्वमा अनलाइन भोटिङको व्यवस्था गरिएको थियो । भोटिङमा विभिन्न १० जातीय संघसंस्था सहभागी भएका थिए ।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नविन दोङ, (तामाङ समाज युएई), उपाध्यक्षमा डम्बर लिबाङ लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई), उपाध्यक्षमा निमा शेर्पा (शेर्पा किदुग युएई), महासचिव रन्जन भुजेल (प्रवासी भुजेल सेवा समाज युएई) र सचिवमा रिन्जिन पासाङ शेर्पा (शेर्पा किदुग युएई) चयन भएका छन् ।

यस्तै, महासंघको प्रवक्तामा पदम योन्जन (तामाङ समाज युएई), कोषाध्यक्ष बिक्रम पधाक लिम्बू (किरात याक्थुङ चुम्लुङ युएई) र सहकोषाध्यक्षमा सोनु थोकर (तामाङ समाज युएई) चयन भएका छन् ।

महिला प्रमुखमा मनु गाहा मगर (नेपाल मगर शाखा युएई) रहेको महासंघको सदस्यहरुमा पासाङ शेर्पा, यमन घर्ती, राजेन्द्र थापा मगर, भुपेन्द्र थनेत, सुर्यनारायण चौधरी, भगिरथी कुमार भगत, दलबहादुर जिटी, राजु गुरुङ, प्रबिन गुरुङ, पेचकुमार सुनुवार, रमाकुमारी सुनुवार र धनकृष्ण राई रहेका छन् ।

प्रतिक्रिया