एकीकृत समाजवादीकै सहयोगमा विश्वासको मत पाउँछु : मुख्यमन्त्री शाक्य
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ असोज । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेकपा (एकीकृत समाजवादी)को सहयोगमा आफुले विश्वासको मत प्राप्त गर्ने बताएको छ ।
महोत्तरीको बर्दिबासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकै सहयोगमा मुख्यमन्त्री बनेको जिकिर गरेकी छन् ।
वाग्मती प्रदेशमा आफ्नो सरकार अल्पमतमै रहे पनि एकीकृत समाजवादीका प्रदेशसभा सदस्यहरुको सहयोगमा केही दिनमै विश्वासको मत पाउनेमा ढुक्क रहेको मुख्यमन्त्री शाक्यले बताए ।
नेता नेपालको नेकपा (एमाले)लाई मजबुत बनाउनमा महत्वपूर्ण योगदान दिएको र उनले छुट्टै पार्टी स्थापना गरेपछि एमाले कमजोर भएको मुख्यमन्त्री शाक्यले बताए । उनले पुनः नेता नेपाललाई एमालेमै फर्किन आग्रह गर्दैआएको बताए ।

प्रतिक्रिया