अग्रता जोगाउन नसक्दा नेपाल फिलिपिन्ससंग पराजित
अखबार टुडे
प्रकाशित:
२०७८, २ आश्विन

काठमाडौं, २ असोज । नेपाल एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत पहिलो खेलमा फिलिपिन्ससंग २–१ ले पराजित भएको छ । उज्वेकिस्तानमा शनिबार भएको समूह एफ को पहिलो खेलमा नेपालले आफनो गोलको अग्रता जोगाउन नसक्दा पराजित भएको हो ।
नेपालका लागि विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै फिफा वरियतामा ३३ स्थान माथि रहेको फिलिपिन्स विरुद्ध नेपाललाई दिलाएकी थिइन् । तर ९० औं मिनेट र इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल खाएको थियो ।
नेपालले अब समूह एफको अर्को खेल हङकङसंग असोज ५ गते खेल्नेछ । यस समूहको विजेता अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट हुनेछ ।

प्रतिक्रिया